५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

उजुरीपछि अख्तियारको छापा



भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनका सम्बन्धमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

नदीजन्य पदार्थको उत्खनन्, घाटगद्दी व्यवस्थापन तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा परेको उजुरीका आधारमा अख्तियारको टोली गाउँपालिकामा पुगेर आवश्यक कागजात सङ्कलन गरेको हो । स्थानीयवासीले नदी दोहन, मापदण्डविपरीत उत्खनन तथा बिक्री प्रक्रियामा अनियमितता भएको गुनासो गर्दै आएका थिए

गाउँपालिकाले चालु आर्थिक वर्षमा तिनाउ र दानव नदीका चार स्थानमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएको थियो । ठेक्का प्रक्रियामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो रहेको आरोपसहित अख्तियारमा उजुरी परेको बताइएको छ ।

अनुसन्धानका क्रममा वडा नं. ५ स्थित बेनीघाट क्षेत्रमा उत्खननको अनुमति पाएको निर्माण कम्पनीले स्वीकृत स्थानभन्दा फरक क्षेत्रमा घाटगद्दी राखेको विषय पनि छानबिनको दायरामा परेको छ ।

स्थानीयवासीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी सम्पूर्ण प्रक्रियाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ११ : ५६ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही