३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रधानमन्त्रीलाई काँग्रेसको चेतावनी : डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्नेछ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीका जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

प्रवक्ता शर्माले बुधरबार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीको अनसन २४ दिनसम्म पुग्दा पनि सरकारले वास्ता नगरेको भन्दै आलोचना गरेका छन् ।

२४ दिनसम्म सरकारले वार्ताका लागि समिति समेत गठन नगरेको भन्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि गरेका छन्।

शर्माले विज्ञप्तीमा भनेका छन्, ‘नेपाली कांग्रेसको पालामा डा. केसी अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए। चाहे श्री सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या श्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवादमार्फत उहाँका माग पूरा गरिए’ ।

तर, कांग्रेस सरकारको पालामा पुरा गरिएका मागलाई त्यसपछिको सरकारले उल्टाएको पनि उनले आरोप लगाएका छन्। शर्माले भनेका छन्, ‘तर, यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन। सत्याग्रहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेका छन्।’

काँग्रेस प्रवक्ता शर्माले डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि प्रधानमन्त्रीले वार्ताका लागि कुनै पहल नगरेको आरोप लगाएका छन् ।

‘डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको भन्दै वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : ०६ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै