१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रधानमन्त्रीलाई काँग्रेसको चेतावनी : डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्नेछ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीका जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।

प्रवक्ता शर्माले बुधरबार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीको अनसन २४ दिनसम्म पुग्दा पनि सरकारले वास्ता नगरेको भन्दै आलोचना गरेका छन् ।

२४ दिनसम्म सरकारले वार्ताका लागि समिति समेत गठन नगरेको भन्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि गरेका छन्।

शर्माले विज्ञप्तीमा भनेका छन्, ‘नेपाली कांग्रेसको पालामा डा. केसी अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए। चाहे श्री सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या श्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवादमार्फत उहाँका माग पूरा गरिए’ ।

तर, कांग्रेस सरकारको पालामा पुरा गरिएका मागलाई त्यसपछिको सरकारले उल्टाएको पनि उनले आरोप लगाएका छन्। शर्माले भनेका छन्, ‘तर, यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन। सत्याग्रहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेका छन्।’

काँग्रेस प्रवक्ता शर्माले डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि प्रधानमन्त्रीले वार्ताका लागि कुनै पहल नगरेको आरोप लगाएका छन् ।

‘डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको भन्दै वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : ०६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।