६ असार २०८३, शनिबार | June 20, 2026

भरतपुरमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै



भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

भरतपुरस्थित सिएमटी होटलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए ।

बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उनले बताए । रास्वपाले भोलिदेखि चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।

महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा र सङ्गठन विस्तारसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने गौतमले बताए ।

चितवनमा हुन लागेको महाधिवेशनलाई रास्वपाले आफ्नो सङ्गठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : २२ बजे

पानीको धारा, मुहान सफा गरेर मनाइयो सिथि नखः पर्व

काठमाडौं । आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार

११ महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्दै

साझा यातायातसँग सहकार्यमा सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

काठमाडौं । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’