१३ भदौ २०८३, शनिबार | August 29, 2026

मनसुन विस्तारसँगै अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही ठाउँमा तातो लहर कायम



काठमाडौं । देशभर मनसुन विस्तार हुने क्रम जारी रहेसँगै अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने केही तराई क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोसी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोसी प्रदेशको तराईका केही स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान छ ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको छ । वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि अत्यधिक गर्मी महसुस हुने विभागले जनाएको छ ।

रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ । ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

हाल कोसी, मधेस र वाग्मती प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशको केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुन क्रमशः पश्चिमतर्फ फैलिने क्रममा रहेको छ । उनका अनुसार कोसी प्रदेशमा असार ५ गते प्रवेश गरेको मनसुन असार ८ गतेसम्म लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिसकेको छ । आगामी चारदेखि पाँच दिनभित्र सुदूरपश्चिम प्रदेशसम्म मनसुन पुग्ने सम्भावना रहेको उनले बताएका छन् ।

यद्यपि पश्चिम नेपालमा वर्षायामको जस्तो निरन्तर वर्षा हुन अझै एक हप्ता जति लाग्न सक्ने उनको भनाइ छ । पूर्वी नेपालमा भने आउने-जाने प्रकृतिको वर्षाले खेतीपाती, वातावरण तथा वनस्पतिलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : १६ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ