६ आश्विन २०८३, मंगलबार | September 22, 2026

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त



बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।

माओवादी केन्द्रसँग आबद्ध रही नेपाली कांग्रेसको चुनाव चिन्हबाट वडाध्यक्षमा निर्वाचित भएका ढकालले दल त्याग गरेपछि पदमुक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै स्थानीय तह निर्वाचन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार दल परित्याग गरेका जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको हो ।

आयोगका अनुसार ढकालसँगै जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा तथा नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन पनि पदमुक्त भएका छन् ।

निर्वाचन आयोगले सम्बन्धित कानुनी प्रावधानअनुसार दल त्याग गरेका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम उक्त निर्णय गरिएको जनाएको छ ।

यस निर्णयसँगै बुटवल-३ को वडाध्यक्ष पद रिक्त भएको छ भने रिक्त पद पूर्तिका लागि कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ०५ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत