१८ माघ २०८२, आइतबार | February 2, 2026

संसदबाट पास भएको भन्दा प्रदेश राजपत्रमा फरक स्थानमा तोकियो प्रदेश राजधानी



बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश तथा प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई तोक्ने संसदको दुई तिहाई बहुमतले पास गरेपनि प्रदेश राजपत्रमा भने दाङको देउखुरी(राप्ती भ्याली)लाई मात्र स्थायी राजधानी तोकिएको सुचना जारी भएको छ ।

प्रदेशसभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रस्ताव दर्ता गर्दा देखि सभामुख पुर्ण घर्तीले दुई तिहाई बहुमतले पास भएको घोषणा गर्दा सम्म र मुख्यमन्त्रीले स्थायी राजधानीका बिषयमा बिशेष समयमा बोल्दा सम्म पनि कायम रहेको राप्ती र गढवा गाँउपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाका २ वटा वार्डलेले चर्चेको जमिन भन्ने शब्द वाक्य प्रदेश संसद सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रदेश राजपत्रमा सुचना प्रकाशित गर्दा गायव भएको छ ।

सामाजिक सञ्जालमा धेरै टिप्पणीकारहरुले अनुमान गरे जस्तै केवल मत तान्न भालुवाङ, अर्घाखाँची र बाङ्गेसालको नाम लिईएपनि प्रदेश सरकारको नियत दाङमा मात्र सिमित गरिने त होईन ? भन्ने कुरालाई प्रदेश राजपत्रले बल पु¥याएको छ ।

संसद सचिवालयले सुचना प्रकाशितगर्दा राप्ती उपत्यका(देउखुरी)मात्र उल्लेख गरिएपछि प्रदेश सरकारको नियतमा आशंका उत्पन्न भएको छ ।

प्रदेशसभामा प्रस्ताव पेश गर्दा आन्तरिक मामिला तथा कानुनुन मन्त्री केसीले स्पष्ट भाषामा र मुख्यमन्त्रीले स्थायी राजधानीका बिषयमा बिशेष समयमा बोल्दा सम्म राप्ती र गढवा गाँउपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाका २ वटा वार्डले चर्चेको जमिन भन्ने शब्द प्रयोग गरेका थिए । मुख्यमन्त्री पोखरेलले बिशेष समय लिएर बोल्दा पनि सबै स्थानलाई नछुटाई प्युठान जिल्लाको बाङ्गेसाल सम्मको क्षेत्रलाई स्थायी राजधानीकारुपमा ब्याख्या गरेका थिए । तर प्रदेश राजपत्रमा केवल राप्ती उपत्यका उल्लेख गरेर संसद सचिवालयले शंका उत्पन्न गराईदिएको छ ।

प्रदेश सभाका सभामुख घर्ती, मुख्यमन्त्री पोखरेल र कानुन मन्त्री केसीको चाहना प्रदेशको स्थायी राजधानी कम्तीमा घोराही वा बेलझुण्डी सम्म लैजाने रहेपनि बाँके, बर्दिया, अर्घाखाँची र कपिलवस्तुको मनोबिज्ञानको आँकलन गर्दै ३ जनाकै सल्लाहमा प्रस्ताव गर्दा भालुवाङ भनिएपनि लमहीलाई फोकस गर्ने गोप्य योजना रहेको श्रोतहरुले दाबी गरेको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : ३४ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन