२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पनि नेपाली उपभोक्ताले राहतको अनुभूती गर्न नपाएको बताएका छन् ।

महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमार्फत अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आए पनि नेपाली उपभोक्ताले राहत पाउन नसकेको बताए । “करिब ३० प्रतिशतभन्दा बढीले मूल्य घटिसक्दा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन नगर्दा आमनागरिक महँगो इन्धन किन्न बाध्य छन्”, उनले भनेका छन् । कुनै समय प्रति ब्यारेल ११७.६३ डलर पुगेको कच्चा तेलको मूल्य हाल ६९.२१ डलरको आसपासमा झरिसकेको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आमनागरिकले सहजै पाउनुपर्ने उनको भनाइ छ । उनले नेपालमा इन्धनको मूल्यलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न ‘स्वचालित मूल्य प्रणाली’ लागू गरिएको भनिए पनि उक्त व्यवस्था लागू नभएको बताए ।

पछिल्लो समय कच्चा तेलको मूल्यमा आएको यो गिरावटको लाभ तत्काल उपभोक्तालाई हस्तान्तरण गरी सुशासनको प्रत्यभूति गराउन उनले माग गरे ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १२ : ५२ बजे

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको

कास्कीमा बाढीले दुई पुल बगायो, मन्दिरमा फसेका तीनजनाको उद्धार प्रयास जारी

कास्की । कास्कीमा गएराति आएको बाढीले कास्की र पर्वत जोड्ने

बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल