९ भदौ २०८३, मंगलबार | August 25, 2026

रास्वपाले स्वीकार्यो महाधिवेशनको व्यवस्थापकीय कमजोरी, ६० प्रतिशत मतदान सम्पन्न



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनअन्तर्गत भएको मतदानमा देखिएको व्यवस्थापकीय कमजोरीप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेको छ।

बिहीबार महाधिवेशनको पहिलो चरणको मतदानबारे जानकारी दिँदै पार्टीका प्रवक्ता मनिष झाले मतदान प्रक्रियामा भएको ढिलाइ र व्यवस्थापनका कमजोरीप्रति आफूहरू लज्जित रहेको बताए। सहभागी प्रतिनिधिहरूले धैर्यता देखाएको भन्दै उनले सबैप्रति आभारसमेत व्यक्त गरे।

‘व्यवस्थापकीय कमजोरी र केही ढिलाइका बाबजुद पनि प्रतिनिधिहरूले धैर्यता राख्नुभयो, त्यसका लागि हामी आभारी छौँ। देखिएका कमजोरीप्रति हामी लज्जित छौँ,’ उनले भने।

उनका अनुसार लामो समयसम्म मतदान प्रक्रिया चल्दा प्रतिनिधिहरू बीचमै फर्किने हुन् कि भन्ने चिन्ता रहे पनि अपेक्षाअनुसार सहभागिता कायम रहेको र त्यसबाट पार्टी सन्तुष्ट रहेको छ।

प्रवक्ता झाले पहिलो चरणमा करिब ६० प्रतिशत मत खसेको जानकारी दिँदै दोस्रो चरणको मतदान अपराह्न ४ बजेदेखि सुरु गरिने बताए। उनका अनुसार एक मतदाताले मतदान गर्न औसत ४ देखि ५ मिनेट समय लाग्ने भएकाले मतदान प्रक्रिया सोहीअनुसार अघि बढाइनेछ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १ : ४६ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त