१० भदौ २०८३, बुधबार | August 26, 2026

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’



काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी व्यवस्थापनको टुंगो नलगाई आफूहरूलाई हटाउने प्रयास गरिए पुरानै बासस्थानमा फर्किन बाध्य हुने चेतावनी दिएका छन् ।

नगरकोटस्थित व्हाइट पानी ट्यांकी अफिस परिसरमा रहेको राष्ट्रिय खानेपानी तथा तालिम केन्द्रको होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित परिवारहरूले बिहीबार सरोकार पत्र जारी गर्दै सरकारको व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनीहरूले जबर्जस्ती उठीबास गराइएपछि दुई महिनादेखि होल्डिङ सेन्टरमा बस्दै आएको भए पनि अहिलेसम्म स्थायी समाधानको कुनै पहल नभएको गुनासो गरेका छन् । पर्याप्त बसोबासको स्थान, खानपान तथा आधारभूत सेवासुविधाको अभावका बीच सरकारबाट होल्डिङ सेन्टर खाली गराउने तयारी भइरहेको आरोप उनीहरूको छ ।

सरोकार पत्रमा असार ९ गते सरकारी निकायका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा आएर प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराई केन्द्र छाड्न आग्रह गरेको उल्लेख गर्दै त्यसलाई दबाबमूलक कदमका रूपमा लिएको जनाइएको छ ।

पीडितहरूले स्थानीय तहबाट लगत संकलन तथा प्रमाणीकरण भइसकेका परिवारको पहिचान गरी समस्या समाधान गर्न, जबर्जस्ती विस्थापित गरिएकाहरूलाई पहिलो प्राथमिकतामा राख्न तथा स्थायी व्यवस्थापन नहुँदासम्म आवश्यक सेवा–सुविधा सुनिश्चित गर्न माग गरेका छन् ।

उनीहरूले सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको उचित स्थानमा स्थायी व्यवस्थापन गर्न पनि आग्रह गरेका छन् ।

वैकल्पिक बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाइए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्केर बस्न बाध्य हुने चेतावनी दिँदै पीडितहरूले सरकारसँग तत्काल वार्ता र दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ३ : ४२ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ