काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा २३५ पुगेको छ । भत्किएका भवनका भग्नावशेषमुनि अझै धेरै नागरिक फसेको आशंकामा उद्धार टोलीहरूले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन् ।
भेनेजुएलाका स्वास्थ्य मन्त्रालयका अनुसार भूकम्पमा परी हालसम्म २३५ जनाको मृत्यु भएको छ भने चार हजार ३ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। प्रभावित क्षेत्रमा उपचार, राहत वितरण र उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
भूकम्पका कारण देशको उत्तरी तटीय क्षेत्र ला गुएरा सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ठूलो मानवीय तथा भौतिक क्षति भएको अधिकारीहरूले जनाएका छन् ।
उद्धारकर्मीहरू चौबीसै घण्टा भग्नावशेष हटाउने, बेपत्ता व्यक्तिको खोजी गर्ने र राहत सामग्री वितरण गर्ने काममा खटिएका छन् । भग्नावशेषमुनि अझै मानिसहरू फसेको आशंका रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन् ।



















प्रतिक्रिया