२६ आश्विन २०८३, सोमबार | October 13, 2026

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।

प्रचण्ड र नेपाल शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवास पुगेर कोइरालासँग भेटवार्ता गरेका हुन्। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, वर्तमान सत्ता समीकरण तथा राष्ट्रिय सरोकारका विभिन्न विषयमा छलफल भएको थियो। यद्यपि, भेटमा भएका छलफलका विस्तृत विषयवस्तु सार्वजनिक गरिएको छैन।

पछिल्लो समय राजनीतिक दलहरूबीच बढ्दो संवाद र भेटघाटका क्रममा भएको यस भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : ५९ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको