८ चैत्र २०८२, आइतबार | March 22, 2026

अब नयाँ बसपार्क पनि अनलाइन टिकटमा



काठमाडौं । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो ।

कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो । काठमाडौंको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो ।

यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ । बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ ।

आफ्नो गन्तव्य र रुट अनुसारका बसहरू अनलाइनमा हुनेछन् । अनलाइनबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिने छ । यात्रुले अनलाइनबाटै बस भाडा तिर्नेछन् । अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्नु पर्दैन । ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर भन्छन्, हामी अब अनलाइन प्रणालीमा जाँदैछौँ, यात्रुले अनलाइनबाटै टिकट काट्नुहुन्छ, जसले गर्दा बसपार्कमा यात्रुको भीड हुँदैन, सफ्टवेयरको तयारी गरिरहेका छौँ, काम भइरहेको छ, दशैँपछि लागू गर्ने योजनामा छौँ ।

बन्दाबन्दीपछि नयाँ बसपार्कमा डिजिटल प्रणालीबाट टिकट लिने व्यवस्था गरिएको छ । भित्तामा राखिएको डिजिटल डिस्प्लेमा बसका सिट हेरेर टिकट काट्ने व्यवस्था छ । काउन्टरमा बस्नेले कम्प्युटरबाटै टिकट दिएका छन् तर अब अनलाइन प्रणालीमै जानुको विकल्प नभएको कुँवरको भनाइ छ ।

अब अनलाइनमै जानुपर्छ त्यसको विकल्प छैन, मान्छे लाइन लागेर टिकट काट्ने कुरा पुरानो भइसक्यो, यात्रुलाई दुःख पनि भयो, अब घरबाटै टिकट काट्ने, आएर बस चढ्ने, उनले भने ।
हार्डवयेर तथा सफ्टवेयर जडानको कामका लागि सम्झौता भइसकेको कुँवरले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ७ : ५२ बजे

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता