२२ बैशाख २०८१, शनिबार | May 4, 2024

अब नयाँ बसपार्क पनि अनलाइन टिकटमा



काठमाडौं । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो ।

कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो । काठमाडौंको नयाँ बसपार्कबाट देशका करिब ६५ जिल्लामा दैनिक पाँच सय बस नयाँ बाहिरिन्छन् तर बन्दाबन्दीमा यो क्रम रोकियो ।

यातायात क्षेत्र अति प्रभावित भयो बसपार्क पनि सुनसान भए । बन्दाबन्दी खुले पनि बसपार्कहरूमा पहिलाकै चहलपल अझै फर्किएको छैन । मान्छेको भीड सबै हिसाबले असुरक्षित हुने भएकाले नयाँ बसपार्कलाई अनलाइन टिकट प्रणालीमा लगिँदै छ । बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले दशैँपछि नयाँ बसपार्कबाट छुट्ने बसहरूको सबै टिकट अनलाइन प्रणालीमा लैजाँदै छ ।

आफ्नो गन्तव्य र रुट अनुसारका बसहरू अनलाइनमा हुनेछन् । अनलाइनबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिने छ । यात्रुले अनलाइनबाटै बस भाडा तिर्नेछन् । अब टिकटका लागि बसपार्कमा घण्टौँ लाइन बस्नु पर्दैन । ल्होत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर भन्छन्, हामी अब अनलाइन प्रणालीमा जाँदैछौँ, यात्रुले अनलाइनबाटै टिकट काट्नुहुन्छ, जसले गर्दा बसपार्कमा यात्रुको भीड हुँदैन, सफ्टवेयरको तयारी गरिरहेका छौँ, काम भइरहेको छ, दशैँपछि लागू गर्ने योजनामा छौँ ।

बन्दाबन्दीपछि नयाँ बसपार्कमा डिजिटल प्रणालीबाट टिकट लिने व्यवस्था गरिएको छ । भित्तामा राखिएको डिजिटल डिस्प्लेमा बसका सिट हेरेर टिकट काट्ने व्यवस्था छ । काउन्टरमा बस्नेले कम्प्युटरबाटै टिकट दिएका छन् तर अब अनलाइन प्रणालीमै जानुको विकल्प नभएको कुँवरको भनाइ छ ।

अब अनलाइनमै जानुपर्छ त्यसको विकल्प छैन, मान्छे लाइन लागेर टिकट काट्ने कुरा पुरानो भइसक्यो, यात्रुलाई दुःख पनि भयो, अब घरबाटै टिकट काट्ने, आएर बस चढ्ने, उनले भने ।
हार्डवयेर तथा सफ्टवेयर जडानको कामका लागि सम्झौता भइसकेको कुँवरले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ७ : ५२ बजे

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने