चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा सोविता गौतम विजयी भएकी छन् । उनले तोसिमा कार्कीलाई २१७ मतको अन्तरले पराजित गरेकी हुन् ।
उनले उपसभापति पदमा ७८९ मत पाइन् थियो भने उनका प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत पाएकी थिइन् । यस्तै महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत प्राप्त गरेका छन् ।
सोही पदमा उम्मेदवारी दिभएका मनिष झाले ३४६ मत, गणेश कार्कीले १६९ मत, सागर ढकालले १३९ मत र रञ्जु दर्शना ३४ मत पाएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारीअनुसार दुई जना सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् । शाहले ४७१ मत र ढकालले ४०४ मतका साथ निर्वाचित भएका हुन्।
सोही पदका उम्मेदवार पुकार बम ३३४ मत, यज्ञमणि न्यौपानेले ३०० मत, रमेश प्रसाईँले २०७ मत, सुलभ खरेलले २९१ मत, अशोककुमार चौधरीले १७९ मत, मिलन लिम्बूले १५१ मत, राजीव खत्री १४८ मत, विजय जैरु ११४ मत र हिमेश पन्तले ५३ मत प्राप्त गरे ।
एक जना महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भइन् । सहमहामन्त्रीमा डाँगीले ७३७ मत प्राप्त गर्दै विजयी भएकी हुन् । सहमहामन्त्रीमा रिमा विश्वकर्मा २८२, कामिनीकुमारी चौधरी १४६ मत, जमुना शर्मा ९बिदुसी०ले ८२ मत, जुली यादवले ७८ प्राप्त गरेका छन् ।
यसअघि खुला उपसभापतिमा डा स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित भइसकेका छन् । पार्टी सभापतिमा रवि लामिछानेको मात्र उम्मेद्वारी परेको थियो । वरिष्ठ नेता स्वतः प्रधानमन्त्री वालेन्द्र शाह बनेका छन् । यसअघि भएको पहिलो चरणको निर्वाचनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । निर्वाचित भएकाहरूमध्येबाट उम्मेद्वार बनेर छ जना पदाधिकारी निर्वाचित भएका हुन् ।
निर्वाचित पदाधिकारी सहित कार्यसमिति सदस्यहरुले आजै विशेष कार्यक्रमका बीच शपथ लिएको आयोगले जनाएको छ ।



















प्रतिक्रिया