१३ भदौ २०८३, शनिबार | August 29, 2026

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही



काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ ।

मनसुनको समयमा विद्युत् प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्तिसहित प्राविधिक उपकरण पूर्वतयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् आपूर्तिमा भइरहेको असन्तुलनका बारेमा सेवाग्राहीलाई समयमै सूचना उपलब्ध गराउन तथा विद्युत् अवरोध (नो–लाइट) सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झन्डै एक हजार कर्मचारी परिचालन गरिएको बताए ।

गर्मी, हावाहुरी, वर्षाका कारण बेलाबेलामा विद्युत् आपूर्तिमा असन्तुलन तथा अवरोध सिर्जना हुँदै आएको छ ।

जीर्ण ट्रान्सफर्मरको प्रतिस्थापन, आवश्यक स्थानमा उच्च क्षमताका नयाँ ट्रान्सफर्मर जडान तथा ब्रेकर प्यानलको स्तरोन्नति लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

गर्मीको समयमा पङ्खा, एसी, फ्रिजलगायत उपकरणको एकैसाथ बढ्दो प्रयोग तथा विद्युतीय सवारीसाधन चार्जसमेत हुँदा विद्युत्को माग बढ्न जाने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सेवाग्राहीलाई तत्काल सूचना उपलब्ध गराइ गुनासो समाधान गर्न नो–लाइट एकाइ, सवस्टेशन प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा वितरण शाखाका जिम्मेवार अधिकारीलाई आवश्यक परिपत्र जारी गरिसकेको छ ।

सम्बन्धित निकायबाट आवश्यक जानकारी वा गुनासोको सुनुवाइ नभएमा सेवाग्राहीले मन्त्रालयको हटलाइन नम्बर ११५१ मा आफ्नो विवरणसहित जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सेवाग्राहीका गुनासोप्रति बेवास्ता गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्न कर्मचारीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : ४५ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको