२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

सरकार र डा. गोविन्द केसीका वार्ता टोलीबीच वार्ता जारी



काठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता जारी छ ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २५ दिनदेखि आमारण अनशनरमा रहेका डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयमा दुवै पक्षबीच आजबाट वार्ता सुरु भएको हो ।

बिहान १०ः४० बजेदेखि सुरु भएको वार्तामा डा. केसी पक्षको वार्ता टोलीले उनका माग औपचारिक रुपमा टेवुल गरेका छन् ।

सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार ३ सदस्यीय टोली गठन गरेको थियो । सरकारी टोली गठन भएसँगै केसी पक्षबाट पनि चार जनाको टोली गठन गरेको थियो ।

केसीको पक्षबाट सोलिडारिटी फर गोविन्द केसीका डा. जीवन क्षेत्रीले नेतृत्व गरेका छन्। सो टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

सरकारी टोलीको वार्ता टोली संयोजककमा शिक्षा सचिव गोपीनाथ मैनाली रहेका छन् । स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेका छन् ।

डा. केसीले ६ बुँदे माग राखेर गत भदौ २९ गते जुम्लाबाट आमरण अनसन सुरु गरेका थिए । आठौं दिनको दिनमा केसी नेपालगन्ज हुँदै काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका छन् ।

केसीको स्वास्थ्य अवस्था बिग्रदैँ जाँदा चारैतिरबाट सरकारलाई वार्ताका लागि दबाब बढेपछि मात्रै वार्ता हुन लागेको छ । केसीको जीवन रक्षा र सार्थक वार्ताको माग गर्दै चिकित्सक, पेशाकर्मी लगायत नागरिकस्तरबाट समेत दबाब बढिरहेको छ ।

केसीले यसअघि सरकारले पटकपटक सम्झौता गर्दै धोखा दिँदै आएको भन्दै सार्थक वार्ता हुनुपर्ने अडान राखेका छन् । वार्ता टोली गठन भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नै अन्तिम हुने केसीको बुझाइ छ ।

केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड उपचारबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरेको छ ।

संघले सामाजिक दूरी कायम गर्दै विभिन्न स्वास्थ्य संस्थामा धर्ना बस्ने, देशभरका संघका शाखा कार्यालय, देशभरका स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा कालोपट्टी बाँधेर रिले अनशन गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १२ : ३६ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।