चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहीबार करिब १२स्३० बजे पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको हो। अवरुद्ध सडक खुलाउन घटनास्थलमा तैनाथ एक वटा डोजरमार्फत पहिरो हटाउने कार्य भइरहेको छ भने थप हेभी उपकरण पनि घटनास्थलतर्फ पठाइएको जनाइएको छ।
पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि मात्र सवारी सञ्चालन पुनः सुरु हुने भएकाले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
सडक डिभिजन कार्यालयले सडकमा रोकिएका सवारीसाधनका चालकलाई आफ्नो लेन अनुशासनको पूर्ण पालना गर्न अनुरोध गर्दै उद्धार तथा सडक खुलाउने कार्यमा सहयोग गर्न पनि अपिल गरेको छ।



















प्रतिक्रिया