१८ असार २०८३, बिहिबार | July 2, 2026

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला



सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृतकको शव फेला परेको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको क‍.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान ११ः ३० बजे अनियन्त्रित भई करिब ६००–७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकाया जानकारी दिए । उनले गाडी कर्णाली नदीमा बेपत्ता भएको पनि बताए।

प्रहरीका अनुसार गाडीमा कति जना सवार थिए भन्ने विवरण अझै यकिन हुन सकेको छैन । गाडीमा चालक सुर्खेत पञ्चपुरी नगरपालिका ८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदीसहित पाँच जना सवार रहेको प्रहरीको प्रारम्भीक आँकलन रहेको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  २ : २५ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका