११ श्रावण २०८३, सोमबार | July 27, 2026

काठमाडौंमा अहिलेसम्मकै उच्च २५४० जनामा संक्रमण



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनपछि दिन बढिरहेको छ ।

काठमाडौंमा १ हप्तामै १० हजार बढी संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । २ हजार ५४० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए ।

उपत्यकामा सबैभन्दा धेरै काठमाडौं जिल्लामै थपिने गरेका छन् । काठमाडौंमा बिहीबार २ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी ललितपुरमा ३२० जना जना र भक्तपुरमा १३५ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै जनघनत्व भएको काठमाडौंमा संक्रमितहरु बढेसँगै काठमाडौंका अस्पतालहरुलाई उपचारका लागि चाप समेत बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका बेड, आइसोलेसन भरिँदै गएको भन्दै सकेसम्म होम आइसोलेसनमै बस्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयले दशैंको समयमा किनमेलका लागि बाहिर निस्कँदा विशेष ध्यान पुर्याउन, मन्दिर एवं धार्मिक स्थलहरुमा पूजारीले मात्रै पूजा गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

तर, सरकारले जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै संक्रमण नबढाउन नागरिकलाई अपिल गरिरहे पनि त्यसको अटेर हुँदा संक्रमण बढिरहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ४ : ३२ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा