१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल विरुद्ध फेक न्यूजको धन्दा चलाउने भारतको रिपब्लिक टिभी ‘टीआरपी’ बढाउने -याकेटमा संलग्न



मुम्बई पुलिसले भारतको रिपब्लिक टेलिभिजन च्यानलसहित अन्य दुई च्यानलले पैसा दिएर टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्टस्) बढाउने -याकेटको पर्दाफास गरेको छ ।

रिपब्लिक टिभीले भारतभित्र र बाहिरका समाचारमा फेक न्यूज चलाउने काममा बद्मान रहेको छ ।

सत्ताधारी बीजेपी र आरएसएसको गुणगान गाउने रिपब्लिक टिभीका प्रस्तोता अर्नव गोश्वामी भारतीय टेलिभिजन एन्करहरुमा समेत सबैभन्दा बद्नाम रहेका छन् ।
भारतले नेपालको भूमि अतिक्रण गरेको विषयमा नेपाल विरुद्ध रिपब्लिक टिभी र यसका प्रस्तोता गोश्वामीले अनर्गल प्रचार फैलाएका थिए ।

मुम्बई पुलिसका कमिश्नर परमवीर सिंहले बिहीबार पत्रकार सम्मेलन गर्दै रिपब्लिक सहित अन्य दुई मराठी टिभी च्यानलले समेत टीआरपी बढाउन पैसा दिने गरेको जनाएका छन् ।

उनका अनुसार पुलिसलाई अहिलेसम्म टीआरपी बढाउने -याकेटमा संलग्न ३ च्यानलको बारेमा मात्रै पत्ता लागेको छ । थप अनसन्धान भैरहेको छ । उनका अनुसार रिपब्लिक टिभीले टीआरपी सिस्टममा छेडछाड गरेको पाइएको छ ।

यससम्बन्धमा रिपब्लिक टिभीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । दुई मराठी टिभीका मालिकलाई भने पक्राउ गरिएको छ ।

पुलिसका अनुसार आम मानिसलाई आफ्नो घरमा कुनै विशेष च्यानल टिभीमा लगाउनका लागि करिब ४००-५०० रुपैयाँ हरेक महिना दिइन्थ्यो । पुलिस कमिश्नरले च्यानलका जिम्मेवार मानिस विरुद्ध कारवाही हुने स्पष्ट पारेका छन् । संयुक्त आयुक्त लेभलका एक अफिसरले यस मामिलामा जाँच गरिरहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ५ : ०८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज