४ आश्विन २०८३, आइतबार | September 20, 2026

आईपीएल २०२० : हैदराबादको तेस्रो जित, ६९ रनले पञ्जाव पराजित



काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० प्रतियोगिता अन्तरगत सरराइजर्स हैदराबाद विजयी भएको छ । जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

२ सय २ रनको लक्ष्य पच्छाएको किङ्स इलावेन पञ्जाव १६.५ ओभरमा १ सय ३२ रनमा समेटियो । पञ्जावका निकोलास पूरनले ७७ रन तथा लोकेश राहुल र सिम्रन सिंहले समान ११/११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

पञ्जावका मोहम्मद शामी, शेल्डोन कोटरेल र अर्शदीप सिंह शून्य रनमा आउट भए । पञ्जावलाई सस्तैमा समेट्ने क्रममा राशिद खानले ३, खलिल अहमद र टी नटराजनले समान २-२ तथा अभिषेक शर्माले एक विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

पहिलो विकेटका लागि हैदराबादका कप्तान डेविड वार्नर र जोनी बेइस्ट्रोले १ सय ६० रनको साझेदारी गरे । वार्नरले ५२ रनको योगदान दिएका थिए । यस्तै ५५ बलको सामना गरेका बेइस्ट्रोले ६ छक्का र ७ चौकाको मद्धतमा ९७ रन बनाए । उनी आईपीएल २०२० मा विदेशी खेलाडीको तर्फबाट पहिलो शतक बनाउन ३ रनले चुके ।

हैदराबादका अन्य खेलाडीले ४१ रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । अन्य खेलाडीमा केन विलियम्सनले २० तथा अविषेक शर्माले १२ रन जोड्दा अन्य तीन जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।

६ खेलबाट समान ३ खेलमा जीत र हारसहित ६ अंक जोडेको हैदराबाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस्तै पराजित पञ्जाव दुई अंकसहित पुछारमा रहेको छ । तालिकामा मुम्बइ पहिलो र दिल्ली दोस्रो स्थानमा रहेका छन् ।

यस्तै, कोलकात्ता, बेङ्गलोर, चेन्नइ र राजस्थान क्रमश चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : २८ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल