५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास



सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ ।

रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो ।

लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आउनुभएका लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई राति पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकल चढेर आएका तीन जनाले लुट्ने प्रयास गरेका प्रहरीले जनाएको छ ।

‘‘लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने व्यक्तिलाई राति पन्छ्याएर एकान्त जस्तो ठाउँमा पुगेपछि बाटो घेरेर लुट्ने प्रयास भएको छ ।’’ जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले भने, ‘‘उहाँले प्रतिकार गरेपछि उनीहरु गोली पड्काउँदै भागेका देखिन्छ । हामी अनुसन्धानमै छौँ ।’’

मोटरसाइकलमा घर जाँदै गरेका सापकोटाले लुटेरा समूहको प्रतिकार गरेपछि उनीहरु नलकटुवा पेस्तोलबाट गोली प्रहार गरी फरार भएका उनले बताए। घटनास्थलबाट नलकटुवा पेस्तोलबाट पड्काएको गोलीको खोखासमेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १२ : २२ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको