१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

६५ प्रतिशत शरीर जलेका युवकको वीर अस्पतालमा उपचार हुँदै



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाएका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो करिब १ः४५ बजे राहदानी विभागको गेट नम्बर–३ अगाडि ती युवकले आत्मदाह प्रयास गरेका थिए । आत्मदा गर्न खोज्ने युवक मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालीले राहदानी विभाग अगाडिको ‘नो पार्किङ’ क्षेत्रमा आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। त्यसपछि नगर प्रहरीको टोलीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएको थियो।

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल भएको स्थानमै उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएको खुलेको प्रहरीले जनाएको छ। यद्यपि, आत्मदाह प्रयासको वास्तविक कारण भने अझै खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

‘मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएको जानकारी प्राप्त भएको छ। उहाँले त्यही कारणले आत्मदाह प्रयास गर्नुभएको हो वा अन्य कुनै कारण छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ एसपी भट्टराईले बताए।

घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो। प्रहरीका अनुसार उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा भए पनि शरीरको करिब ६५ प्रतिशत भाग आगोले जलेको छ। चिकित्सकले उनको अवस्था गम्भीर रहेको बताएका छन्।

प्रहरीले घटनाको कारण र त्यसअघिका परिस्थितिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ३ : ३२ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी