९ भदौ २०८३, मंगलबार | August 26, 2026

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो



कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन कर्णाली नदीमा खसेर बेपत्ता भएका चार जनामध्ये तीन जनाको शव भेटिएको छ ।

दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि आज अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडामा पर्ने कर्णाली किनारमा पञ्चपुरी नगरपालिका–८ माझिगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो ।

यसअघि पचालझरना गाउँपालिका–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवा, रास्कोट नगरपालिका–२, खड्कागाउँ, कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव भेटिएको थियो ।

दुर्घटनामा बेपत्ता भएका सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाडी अझै फेला परेका छैनन् । सुवेदी र गाडीको खोजीमा गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेना परिचालन भएको छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १० : २८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त