३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त



काठमाडौं । सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ ।

निवर्तमान सचिव शंकरदास बैरागी मुख्यसचिवमा बढुवा भएपछि परराष्ट्र सचिव खाली रहेको थियो । वरिष्ठ सहसचिवको रुपमा परराष्ट्र मन्त्रालय कार्यरत पौड्याललाई सरकारले बढुवा गर्दै सचिवमा नियुक्त गरेको हो ।

पौड्याल परराष्ट्र मन्त्रालयको प्रवक्ता थिए । वरिष्ठताको आधारमा पौड्यालको स्भाविक बढुवा भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

स्याङ्जाको चिलाउनेबासका स्थायी बासिन्दा पौड्याल २०४४ मा सरकारी सेवामा प्रवेश गरेका थिए।

२०४९ मा शाखा अधिकृत बनेका उनी २०५९ मा खुल्ला प्रतिस्पर्धाबाट परराष्ट्र सेवामा उपसचिव बनेका थिए ।

पौड्यालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूत लगायत विभिन्न महाशाखा र नियोगहरुमा काम गरेका छन् ।

सचिवका लागि वरिष्ठ सहसचिवको अन्य दुई दावेदारमा पाकिस्तानका लागि निवर्तमान राजदूत सेवा लम्साल र कालिप्रसाद पोखरेल रहेका थिए । लम्साललाई अहिले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

परराष्ट्र मन्त्रालयमा निजामति प्रशासन सेवाबाट समेत सचिव बन्न सक्ने गरी लविङ चले पनि परराष्ट्र सेवाबाटै सचिवमा नियुक्ति भएको छ ।

निवर्तमान परराष्ट्रसचिव बैरागीलाई सरकारले हालै मुख्य सचिवमा बढुवा गरेपछि निजामति प्रशासन सेवाका केही पूर्व सचिवहरुले सरकारको आलोचना समेत गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १२ : ५३ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा