१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागलुङ-पर्वत झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल



बागलुङ । कोरना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ ।

संसारकै लामो भनिएको सो पुल निषेधाज्ञा हटेकाले आन्तरिक पर्यटक देखिन थालेका हुन् ।

बन्दाबन्दीको समयमा सर्वसाधारणलाई सो पुलमा प्रबेश गर्न रोक लगाइएको थियो । बागलुङ नगरपालिकाको पहलमा निर्माण कम्पनीले हालै पुल सर्वसाधारणका लागि खुल्ला गरेपछि घुम्न आउनेहरु बढेको नगरप्रमुख जनकराज पौडेलले बताए ।

“‘मर्निङ वाक’मा पुग्नेहरु र ‘इभिङ् वाक’ गर्नेहरु पुल घुम्न पुग्ने गरेका छन्’, पौडेलले भने “कोरोनाको त्रास हुँदा पनि देखिएको चहपल सुखद छ ।”

दशैं र तिहारजस्ता पर्व नजिकिएको र मौसममा समेत सुधार आएपछि बागलुङ र पर्वतका गाउँ गाउँबाट पुल हेर्न आउनेहरु बढेको पर्यटन पत्रकार समूहका जिल्लाअध्यक्ष बिजय रानाले बताए। असोज १देखि सार्वजनिक यातायात पनि खुल्ला भएपछि यो पुलमा थप चहल पहल बढेको उनको भनाइ थियो ।

उक्त नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वत जिल्लाको पाङ जोड्ने यो पुल ५६७ मिटर लामो छ । यो सिङ्गल स्पानको पुल कालिगण्डकी नदीदेखि १६५ मिटर उचाइमा छ । सिङ्गल स्पान संसारकै लामो भएको जिकिरसहित यसलाई गिनिज बुकमा लेखाउने प्रकृयासमेत नगरपालिकाले थालेको छ ।

सो पुलबाट हेर्न सकिने पकृतिक दृष्यले पर्यटकलाई लोभ्याउँछ । प्रसिद्ध कालिका भगवतीको मन्दिर क्षेत्र, कालिगण्डकीको बहाव र दर्जनौ हिमऋङ्खला देखिने भएकाले यहाँ पर्यटक लोभिएको पर्यटन बिकास समितिका जिल्लाअध्यक्ष राजु खड्काले बताए। पुलमा पर्यटक देखिन थालेसँगै बागलुङ कालिका मन्दिरमा समेत चहलपहल देखिन थालेको उनको भनाइ थियो । -रासस

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १ : ४७ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण