१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द गरेको छ ।

वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिइन् ।

सो सडक खण्डमा मकवानपुर जिल्लासँगको समन्वयमा मङ्गलबार बिहान ५ः०० बजेदेखि असार ३१ गते बिहान ६ः०० बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारण तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

प्रशासनले सर्वसाधारणलाई मौसम तथा सडकको अवस्थाबारे आधिकारिक सूचनाको पालना गर्न, सुरक्षित भएर रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ११ : १९ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि