३० असार २०८३, मंगलबार | July 14, 2026

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने



मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ । सङ्घको ३७औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र पदस्थापन समारोहमा उक्त निर्णय गरी घोषणा गरिएको हो ।

यहाँस्थित सङ्घको मुख्य कार्यालयमा आयोजित समारोहमा प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनाललाई पद तथा गोपनीयताको शपथ गराए । अध्यक्ष खनालले अन्य पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

सङ्घका निवर्तमान अध्यक्ष हीरालाल श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित र व्यवसायीमैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष खनालले यातायात व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्दै व्यावसायिक हकहित संरक्षण, यातायात व्यवस्थापन र सेवा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मकवानपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष बालगोपाल कँडेल, नारायणी यातायात व्यवसायी सङ्घका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईलगायतले शुभकामना दिएका थिए ।

अध्यक्ष खनालका अनुसार सङ्घले सञ्चालन गरिरहेको एम्बुलेन्स पुरानो भएकाले नयाँ ल्याउने निर्णय गरिएको हो । सामान्यतः एम्बुलेन्स १० वर्षसम्म मात्र सञ्चालन गर्न पाइन्छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पुराना एम्बुलेन्सलाई क्रमशः प्रतिस्थापन गर्नुपर्ने नीति अगाडि सारेको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : ५१ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१