३० असार २०८३, मंगलबार | July 14, 2026

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ



बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिले आफू अमेरिकी नौसेना (यूएस नेभी) तथा स्पेशल फोर्सका पूर्व सैनिक भएको दाबी गरेपछि घटनाले थप रहस्य उत्पन्न गरेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ३६ वर्षीय जर्डन ब्राउनलाई सशस्त्र सीमा बल (एसएसबी) ले गत तीनदिन अघि सोनौली थाना क्षेत्रको मैनहवा नजिक गस्तीका क्रममा पक्राउ गरेको हो। उनी वैध राहदानी (पासपोर्ट) र भिसाबिना अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा नियन्त्रणमा परेका थिए।

एसएसबीले जाँचका लागि रोके पछि उनी भाग्ने प्रयास गरेका थिए। तर सुरक्षाकर्मीले केहीबेरमै नियन्त्रणमा लिएका थिए। उनको साथबाट भारतीय ३१ हजार ४६० रुपैयाँ नगद र दुईवटा मोबाइल फोन बरामद भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पक्राउ परेका ब्राउनले आफू अमेरिकाको क्यालिफोर्निया निवासी भएको दाबी गरेका छन्। उनलाई पक्राउ पछि अदालतमार्फत जेल चलान गरिएको छ भने घटनाबारे अमेरिकी दूतावासलाई समेत जानकारी गराइएको भारतीय प्रहरीले जनाएको छ।

महाराजगञ्जका प्रहरी अधिकारीहरूका अनुसार ब्राउनले थाइल्यान्ड भ्रमणका क्रममा आफ्नो राहदानी हराएको र त्यसपछि श्रीलंका हुँदै समुद्री मार्गबाट २ नोभेम्बर २०२५ मा भारत प्रवेश गरेको बयान दिएका छन्। त्यसयता उनी गोवामा बस्दै आएको दाबी गरेका छन्।

यद्यपि प्रहरीले उनका सबै दाबीहरूको सत्यता परीक्षण भइरहेको जनाएको छ। उनीसँग कुनै वैध यात्रा कागजात फेला नपरेकाले भारतको अध्यागमन तथा विदेशी नागरिकसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

सोनौली प्रहरीका अनुसार ब्राउनले आफ्नो परिचय, यात्रा विवरण र नेपाल जानुको उद्देश्यबारे पटक–पटक फरक–फरक बयान दिएका छन्। उनले हालसम्म करिब ७० देशको भ्रमण गरेको, क्यालिफोर्नियाको विश्वविद्यालयबाट अध्ययन गरेको तथा करिब ६ वर्ष अमेरिकी नौसेना र स्पेशल फोर्समा सेवा गरेको दाबी गरेका छन्। साथै आफ्ना आमाबुबाको निधन भइसकेको समेत बताएका छन्।

अर्को बयानमा उनले दुई महिना अघि अमेरिका हुँदै गोवा आएको, त्यहाँ केही सातासम्म बसेपछि बेंगलुरु, लखनउ, गोरखपुर हुँदै सोनौली पुगेको बताएका छन्।

ब्राउनले गोवामा भेटिएका ‘नाज’ नामका नेपाली नागरिकलाई भेट्न नेपाल जान लागेको बताएका छन्। उनले आफ्नो राहदानी बेंगलुरुस्थित एक परिचित व्यक्तिसँग रहेको दाबी गरे पनि त्यस व्यक्तिबारे विश्वसनीय विवरण दिन सकेका छैनन्। उनले सन् २०२४ मा इटालीमा उत्तराखण्डकी एक योग प्रशिक्षक भारतीय महिलासँग विवाह गरेको दाबी पनि गरेका छन्।

भारतीय सुरक्षा तथा गुप्तचर निकायहरूले ब्राउनको वास्तविक परिचय, उनको यात्रा विवरण, सैन्य पृष्ठभूमि तथा नेपाल प्रवेशको उद्देश्यबारे विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : २० बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले