१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्रीवितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि देशभर १४.२ केजी क्षमताका ग्यास सिलिन्डर पुनः बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

निगमका अनुसार १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको मूल्य साविकबमोजिम दुई हजार ६० रुपैयाँ कायम रहनेछ ।

ग्यास आपूर्तिमा देखिएको असहज अवस्थाका कारण निगमले केही समयका लागि ७.१ केजी ग्यास भर्ने अस्थायी व्यवस्था लागू गरेको थियो । आपूर्ति अवस्था सुधार भएसँगै उक्त व्यवस्था अन्त्य गरिएको निगमले जनाएको छ ।

निगमद्वारा जारी सूचनामा इन्डियन आयल कर्पोरेशनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङको अवस्था सुधार भएको र उपभोक्ताबाट १४.२ केजी ग्यास सिलिन्डरको माग उच्च रहेकाले पुरानै प्रणाली लागू गरिएको उल्लेख छ ।

हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेको निगमले जनाएको छ । आपूर्ति प्रणाली सहज रहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि निगमले उपभोक्तासँग आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : ०१ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको