३२ असार २०८३, बिहिबार | July 16, 2026

पूर्वमन्त्री फत्तेसिंह थारूको निधन



नेपालगन्ज । पूर्वमन्त्री फत्तेसिंह थारूको निधन भएको छ। राप्रपा नेतासमेत रहेका थारूको ८८ वर्षको उमेरमा आज निधन भएको हो।

पार्टीका नेता थारूको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। पूर्वमन्त्री थारू समुदायमा प्रतिष्ठित सामाजिक र राजनीतिक व्यक्तित्व रेको र उनको निधनले पार्टीले उक जिम्मेवार नेता गुमाएको श्रेष्ठले बताए । यद्देपी थारु लामो समयदेखि राजनीतिबाट निश्क्रिय रहँदै आएका थिए ।

फत्तेह सिंह थारु नेपालका पुराना राजनीतिज्ञ तथा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्वमन्त्री समेत हुन्। उनी विशेषगरी पञ्चायती व्यवस्थाको समयमा राष्ट्रिय राजनीतिमा सक्रिय रहेका थिए र बाँके क्षेत्रबाट प्रतिनिधित्व गर्दै पटक पटक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रजातन्त्रको पुनर्वाहाली पछि पनि उनी २०५६ सालको संसदीय निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपा चन्दबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

थारुका दुई सन्तान छन् । छारा ताराक सिंह थारु राप्रपाका युवा नेता हुन् भने छोरी शिवानी सिंह थारु सञ्चारकर्म र साहित्यमा सक्रिय छिन् ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ४ : ४६ बजे

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव

घुस प्रकरणमा टेलिकमका पूर्वएमडी सुनील पौडेललाई साढे ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले घुस लिएको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध

पूर्वमन्त्री फत्तेसिंह थारूको निधन

नेपालगन्ज । पूर्वमन्त्री फत्तेसिंह थारूको निधन भएको छ। राप्रपा नेतासमेत

प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का