१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत



कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे गम्भीर विश्लेषण गरे ।

बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसको राजनीतिक रूपरेखासमेत प्रस्तुत गरे।

सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा। दम्मिका पाताबेन्दी ले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण कार्यक्रमका कडा सर्त र अनुशासनको सामना गर्दै जनपक्षीय विकासको वैकल्पिक मार्ग कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखे ।

विश्वप्रसिद्ध मार्क्सवादी लेखक, इतिहासकार तथा ‘ट्राइकोन्टिनेन्टलस् इन्स्टिच्युट फर सोसल रिसर्च’का संयोजक विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई एउटै साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको विस्तृत चित्र प्रस्तुत गरे ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुनेछ। सम्मेलनका क्रममा श्रीलंकामा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसैक्रममा सम्मेलनको साइडलाइनमा उनले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकबाट सहभागी शीर्ष वामपन्थी नेताहरूसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् ।

सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गरेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १२ : ०३ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय