१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन



काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको अन्त्यतिर करदाताले कर दायित्व भुक्तानी गर्ने क्रम बढ्ने भएकाले अन्तिम दिनहरूमा राजस्व संकलन उल्लेख्य हुने परम्परा यस वर्ष पनि दोहोरिएको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार १६ अर्ब ५० करोड रुपैयाँ, बुधबार २१ अर्ब १७ करोड रुपैयाँ र मंगलबार १२ अर्ब ४३ करोड रुपैयाँ गरी तीन दिनमै ५० अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ। यद्यपि, यो रकम गत आर्थिक वर्षको सोही अवधिमा संकलित करिब ६४ अर्ब रुपैयाँभन्दा कम हो।

अन्तिम समयमा राजस्व संकलन बढे पनि समग्र आर्थिक वर्षको राजस्व वृद्धिदर भने करिब ५ प्रतिशतमा सीमित भएको छ, जुन विगतका वर्षको तुलनामा निकै न्यून हो। आर्थिक वर्ष २०६८÷६९ देखि २०७८÷७९ सम्म औसत वार्षिक राजस्व वृद्धिदर १७ प्रतिशत रहेको थियो। पछिल्ला वर्षहरूमा भने वृद्धि क्रमशः सुस्त बन्दै गएको देखिन्छ।

राजस्व वृद्धिमा आएको मन्दीले आर्थिक गतिविधि, आयातमा कमी तथा समग्र अर्थतन्त्रको सुस्त गतिलाई संकेत गरेको विश्लेषण गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने चुनौती सामना गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : ०८ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न