१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती



काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम रोकिएको छैन ।

बिहीबार मध्याह्नको वर्षापछि सो क्षेत्र जलमग्न हुँदा सवारी आवागमन प्रभावित बन्यो । यात्रुले लामो समय ट्राफिक अवरोधका कारण सास्ती व्यहोर्नुपर्यो ।

यसप्रकारका समस्या बर्सेनि दोहोरिने गरेको भए पनि दीर्घकालीन समाधान हुनसकेको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राईले माइतीघर क्षेत्र ओरालोमा पर्ने भएकाले बगेर आएको पानी सोही क्षेत्रमा जम्मा हुने गरेको जानकारी दिए।

उनले भने, “माइतीघर क्षेत्रको ढल टुकुचा खोलातर्फ निकास हुने भए पनि वर्षाको समयमा टुकुचामा पानीको सतह बढेपछि ढलको पानी सहज रूपमा बग्न पाउँदैन । त्यसले सडकमा पानी जम्ने गरेको बताए।” “मुख्य समस्या ढल निकास प्रणालीमै छ । पुराना पाइप साना छन्”, प्रवक्ता राईले भने ।

उक्त क्षेत्रमा रहेका अधिकांश ढलका पाइप पुराना, साँघुरा र तिनको क्षमता वर्षामा परेको पानीको बहाव धान्न पर्याप्त छैन । माइतीघर, न्यूप्लाजा र सिंहदरबार आसपासको ढल व्यवस्थापनलाई एकीकृत रूपमा सुधार सम्बन्धमा छलफल भए पनि विस्तृत योजना कार्यान्वयन हुनसकेको छैन ।

तीव्र सहरीकरण, वर्षाको पानी छुट्टै निकास गर्ने प्रणालीको अभाव, पुराना ढलको सीमित क्षमता तथा नदी-खोलाको प्राकृतिक बहाव साँघुरिँदै जानु राजधानीमा डुबानको समस्या बढ्नुका प्रमुख कारण हुन् ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ४ : ०७ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको