२४ भदौ २०८३, बुधबार | September 9, 2026

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा



खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा जडान भएर पनि लामो समयदेखि संचालनमा नआएको लिक्विड अक्सिजन प्लान्ट आजबाट संचालनमा आएको छ । अस्पतालका कार्यकारी निर्देशक भएर पुनः क्यान्सर अस्पताल फर्केका डा. निरज भट्टराईको पहलमा अक्सिजन प्लान्ट संचालनमा आएको हो ।

डा. भट्टराई कै अघिल्लो कार्यकालमा स्वास्थ्य मन्त्रालयको समन्वय र युएसएडको आर्थिक अनुदानमा खजुरा क्यान्सर अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको थियो । जडान भए लगत्तै डा. भट्टराईलाई कार्यकारी निर्देशकबाट हटाइएपछि प्लान्ट संचालनमा आउन सकेको थिएन । मन्त्रालयले उनलाई पुनः अस्पतालको नेतृत्वमा पठाएसँगै प्लान्टमा लिक्विड अक्सिजन हालेर प्लान्ट संचालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा युएसएडको फन्टबाट जडान गरिएको लिक्विड अक्सिजन प्लान्ट आजबाट पूर्ण संचालनमा आएको कार्यकारी निर्देशक डा. भट्टराईले जानकारी दिए ।

२० किलो लिटर क्षमता भएको प्लान्टमा १८ किलो लिटर लिक्विड अक्सिजन भरेर संचालनमा ल्याइएको छ । अस्पतालको आफ्नै प्लान्ट संचालनमा आएसँगै हरेकदिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको अस्पताल प्रशासनले जनाएको छ । डा. भट्टराईको पुनःआगमनसँगै केमो वार्डमा नै छुट्टै फार्मेसी संचालन गर्ने देखि एउटै भवनबाट रेडियोलोजी र प्रयोगशालाको डायग्नोसिस सेवा समेत संचालनमा आएको छ ।

छिट्टै लायन्स क्लवको समन्वयमा बिरामी कुरुवा घर संचालनमा आउने उनले जानकारी दिए । अस्पतालको सरसफाईमा विशेष ध्यान दिइएको बताउँदै उनले अस्पताल परिषर भित्रै नयाँ शौचालन संचालनमा ल्याइएको बताए ।

उनको अघिल्लो कार्यकालमा भारतीय राजदूतावासको सहयोगमा यात्रुबाहक बस, एम्बुलेन्स तथा क्यान्सरका बिरामीहरुका लागि केही बहुमूल्य नि:शुल्क औषधीको व्यवस्थापन गरिएको थियो ।

धार्मिक अनुष्ठानबाट जनस्तरमा निर्माण भएको सो अस्पताल २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरिएको थियो । संघीय सरकारले पूर्ण स्वामित्व लिएपनि हालसम्म अस्पतालको दरबन्दी स्वीकृत नहुँदा अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीबाट अस्पताल संचालन हुँदै आएको छ । अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरुलाई सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ९ : ४५ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय