नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य संघले नयाँ नेतृत्वको निर्वाचनका लागि मिति तय गरेको छ ।
संघको कार्यसमितिको बैठकले आगामी भाद्र १ गते निर्वाचन गर्ने गरि मिति ताकेको हो । संघका अध्यक्ष टंकबहादुर धामीले आज एक सूचना प्रकाशित गर्दै आज बसेको बैठकले भाद्र १ गतेका लागि निर्वाचनको मिति तोकिएको जनाएका छन् ।
सूचनामा ७ दिनको अवधिमा सदस्यता नविकरण गर्न सकिने उल्लेख गरिएको छ । अध्यक्ष धामीले ७ दिन भित्र आफ्नो सदस्यता नविकरण गर्न सदस्य उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको यसअघिका प्रायः निर्वाचनहरुमा व्यवसायीक प्रतिस्पर्धा भन्दा बढी दलगत प्रतिस्पर्धा हुँदै आएको छ ।




















प्रतिक्रिया