२ श्रावण २०८३, शनिबार | July 18, 2026

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक



काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अविरल वर्षाका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै सो सडक खण्डमा सवारी संचालनमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ एक सूचना जारी गर्दै धादिङलगायत छिमेकी जिल्ला तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र अझै वर्षा बढ्ने मौसम पूर्वानुमान रहेकाले सम्भावित बाढी, पहिरो र सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ।

प्रशासनले आपत्कालीन अवस्था वा आवश्यक समन्वयका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (डीईओसी) को १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १० : २५ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल