३ श्रावण २०८३, आइतबार | July 19, 2026

जलबिरेमा दुई बस ठोक्किँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध



काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत चितवनको जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा सडक पुनः अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनापछि सडकमा सवारी आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। दुर्घटनामा मानवीय क्षति भए-नभएको विषयमा भने तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

यसअघि लगातारको वर्षाका कारण सडकमा पहिरो तथा अन्य जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार शनिबार राति १० बजेदेखि मुग्लिन-नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

आइतबार बिहान मौसममा सुधार आएपछि उक्त प्रतिबन्ध हटाएर सवारी आवतजावत पुनः सञ्चालन गरिएको थियो। तर सञ्चालन सुरु भएको केही समयमै जलबिरे क्षेत्रमा दुई बस आपसमा ठोक्किएपछि सडक फेरि अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

दुर्घटनापछि सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। साथै, दुर्घटनाको कारण र क्षतिको विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ७ : ४७ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग