२० भदौ २०८३, शनिबार | September 5, 2026

अविरल वर्षापछि फेरि डुब्यो माइतीघर, ट्राफिक आवागमन प्रभावित



काठमाडौं । आइतबार काठमाडौंमा परेको अविरल वर्षापछि माइतीघर मण्डल क्षेत्र फेरि जलमग्न भएको छ।

निरन्तरको वर्षासँगै सडकमा पानी जम्दा माइतीघर क्षेत्र डुबानमा परेको हो। डुबानका कारण सो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ भने ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ।

ट्राफिक प्रहरीले सवारी चाप व्यवस्थापनका लागि वैकल्पिक व्यवस्थापन गरिरहेको भए पनि सडकमा पानी जमेकाले यात्रु तथा चालकले सास्ती खेप्नुपरेको छ।

माइतीघर क्षेत्रमा केही दिनअघि परेको वर्षापछि पनि यस्तै अवस्था सिर्जना भएको थियो। पटक–पटक डुबान दोहोरिनुले उक्त क्षेत्रको ढल निकास प्रणाली प्रभावकारी नभएको देखिएको स्थानीयको गुनासो छ।

स्थानीयवासीले वर्षायाम सुरु भएसँगै माइतीघरमा नियमित रूपमा डुबान हुने समस्या समाधानका लागि दीर्घकालीन ढल तथा पानी निकास व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : ३६ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी