६ श्रावण २०८३, बुधबार | July 22, 2026

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा



काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘ग्रीन रन’ आयोजना गरेको छ।

कार्यक्रममार्फत कांग्रेसले जलवायु सचेतनासँगै विस्थापित सुकुम्बासी परिवारका लागि ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने घोषणा पनि गरेको छ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित यूएन पार्कबाट सुरु भएको पाँच किलोमिटर लामो दौडमा सभापति गगनकुमार थापा, उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा लगायत नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

‘ग्रीन रन’ जलवायु परिवर्तनका चुनौतीबारे समाजमा जनचेतना फैलाउने अभियानको एक महत्वपूर्ण कडी भएको उपसभापति शर्माले बताए । उनले वातावरण संरक्षणलाई राजनीतिक प्रतिबद्धतासँग जोड्दै नागरिकस्तरसम्म सचेतना विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

दौडपछि जावलाखेल चोकस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी ?’ विषयमा विज्ञहरूको सहभागितामा अन्तरक्रियात्मक छलफल आयोजना हुनेछ। साथै, जलवायु परिवर्तनका असर, चुनौती र सम्भावनालाई कलामार्फत प्रस्तुत गर्न सुप्रसिद्ध चित्रकारहरूले सोही स्थलमा प्रत्यक्ष चित्रकला (लाइभ पेन्टिङ) गर्ने कार्यक्रम पनि तय गरिएको छ।

कांग्रेसले ‘ग्रीन रन’मा सहभागी हुने व्यक्तिको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टीको कोषबाट छुट्याएर ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ। उक्त कोषबाट पछिल्लो समय विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको हितमा सहयोग गरिने जानकारी दिइएको छ।

बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले साउन ७ गते ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ शीर्षकमा पार्टीको नयाँ अभियान घोषणा गर्ने कार्यक्रम पनि तय गरेको छ। सोही दिन राष्ट्रिय सभागृहमा समसामयिक राजनीतिक, सामाजिक तथा संगठनात्मक विषयमा केन्द्रित विचार गोष्ठीसमेत आयोजना गरिने कांग्रेसले जनाएको छ।

 

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ९ : १५ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन