२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भिसा सकिएर मलेसियामा अलपत्र ७ युवाको उद्दार



जापान । मलेशियामा भिसा सकिएर देश फर्कन नपाएका बिभिन्न ७ नेपालीको फिर्तीका निम्ति जनउद्धार केन्द्र मलेशिया र घुम्टे युवा परिवार जापान शाखाको पहलमा उद्वार गरी स्वदेश फर्काएको छ ।

हिमालयन एअरलाइन्सको फ्लाइटमार्फत स्वदेश फर्कनेहरुमा सप्तरीका अनिल कुमार रजक र श्याम सुन्दर सदा , गुल्मीका गंगाबहादुर बस्नेत, बाँकेका गिरिजाप्रसाद महतो, राकेश यादब र राजुनाथ योगी र संखुवासभाका राजेन्द्र बहादुर सिंङ रहेका छन् ।

जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाको संयोजनमा मलेशियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा निरन्तर भेटसम्पर्क पछि आर्थिक अभाव झेलिरहेका ७ जन युवालाई मातृभुमी फर्काउन सकिएको हो ।

सो काममा जनउद्धार केन्द्रका उपाध्यक्ष रुपबहादुर टन्डनको आर्थिक संयोजनमा जापान स्थित घुम्टे युवा परिवार गलकोट जापान शाखाले टिकटका लागि आर्थिक सहयोग गरेको थियो ।

जेलमुक्त गरी स्वदेश फिर्तीका निम्ति सहयोगी हुन पाएको समाजले खुसी व्यक्त गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ३ : ४८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले