९ श्रावण २०८३, शनिबार | July 25, 2026

रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने राणा नक्कली रिभल्वर सहित पक्राउ



बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुलीमा लागेका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । घुमुवाको अवरणमा नक्कली रिभल्वर देखाई रकम असुल्ने व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडानं.१३ घर भई हाल जिल्ला रुपन्देही ओमसतिया गाउपालिका वडा नं.४ स्थित बालापुरमा कोठा भाडा लिई बस्दै आएका ४९ वर्षिय राकेश प्रताप राणा रहेका छन् । राणाले भैरहवाको बजार क्षेत्रमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा हुँ भन्दै पेस्तोल देखाई बजारमा १० हजार रुपैयाँ पैसा मगिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राणालाई सिद्धार्थनगर नगरपालिका वडानं. १३ शान्तिनगरबाट नियन्त्रणमा लिईएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दले बताए ।

पक्राउ परेका राणाको कोठाबाट लुकाई छिपाई राखेको नक्कली रिभल्वर १ थान, सवारी चालक अनुमतिपत्र, लागु औषध गाँजा ५०० ग्राम, मोबाईल र नेपाली नगद रु २ हजार ६०० रुपैयाँ बरामद भएको डीएसपी चन्दले बताए ।

पक्राउ परेका राणामाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १२ : १० बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख