बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मन्त्रीहरूले आइतबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका हुन् ।
शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले दलका नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरेका छन् । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेसका मन्त्रीहरूले सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।
कांग्रेसका तर्फबाट सरकारमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।
अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।
मुख्यमन्त्री आचार्य एमालेका तर्फबाट नेतृत्व गरिरहेको सरकारमा यसअघि एमाले-कांग्रेसबीच सत्ता सहकार्य रहेको थियो । तर एमाले-नेकपा गठबन्धन बनेपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिँदै प्रतिपक्षको भूमिकामा पुगेको छ ।



















प्रतिक्रिया