२५ भदौ २०८३, बिहिबार | September 10, 2026

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते



सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच भएको झडप हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ ।

आइतबार मध्यराति भएको घटनामा गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा प्रदर्शनकारी र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको एक समूहलाई अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला र ध्वनि प्रदूषण भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झडप भएको हो ।

झडप उग्र बन्दै गएपछि उत्तेजित भीडले कप्तानगञ्ज बजार क्षेत्रमा रहेका घर, मेडिकल, सवारीसाधन तथा अन्य सार्वजनिक र निजी संरचनामा तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको थियो । त्यसपछि पनि भीड नियन्त्रणमा नआई तोडफोड र आगजनी जारी रहेपछि बाध्य भएर गोली चलाउनुपरेको प्रहरी र स्थानीय प्रशासनले जनाएको छ ।

घटनापछि कप्तानगञ्ज तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ८ : ०३ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार