२८ भदौ २०८३, आइतबार | September 13, 2026

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

सरकार केवल स्टाटसमा मात्रै सीमित हुनुहुँदैन



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिमा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको भन्दै आलोचना गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा बसेको सर्वदलीय बैठकबाट बाहिरिएका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै सुनसरी घटनाबारे कांग्रेसले आफ्नो धारणा बैठकमा राखेको जानकारी दिए। थापाले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै अहिलेको परिस्थितिमा सरकार नेतृत्वदायी भूमिकामा नदेखिएको टिप्पणी गरे।

“यतिखेर सरकार के गर्दैछ ? सरकार कहाँ छ ? सरकार केवल बन्दुकको गोली र लाठीमा मात्रै भेटिनुहुँदैन, स्टाटसमा मात्रै सीमित हुनुहुँदैन,” उनले भने, “सरकार अभिभावक मात्रै होइन, नेतृत्वकर्ता पनि हो। उसले सबैलाई विश्वासमा लिएर अघि बढ्न सक्नुपर्छ।”

प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर राष्ट्रपति, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्दै साझा प्रयासको नेतृत्व गर्नुपर्ने उनको धारणा थियो।

थापाले सुनसरी घटनालाई राज्यको कमजोरीको परिणामका रूपमा टिप्पणी गर्दै भने, “यस्तो बेला पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने, ठालु बनेर बस्ने होइन। सकारात्मक रूपमा नेतृत्व लिनुपर्ने बेला हो ।”

उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै त्यसलाई कुनै व्यक्तिले दिएको उपहार नभई नेपाली जनताको साझा प्रयत्नबाट आर्जन भएको अमूल्य पुँजी भएको बताए।

उनले सुनसरी घटनालाई लिएर सबै नागरिक, राजनीतिक दल र सरोकारवालाले सामाजिक सद्भाव कायम राख्न साझा अपिल गर्नुपर्ने आवश्यकता औंल्याए। सम्भावित अवाञ्छित गतिविधि हुन सक्ने क्षेत्रमा राज्यले पूर्वसजगता अपनाउनुपर्ने उनको भनाइ थियो।

थापाले सर्वदलीय बैठक आयोजना गरी साझा संवादको वातावरण बनाएकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवादसमेत व्यक्त गरे। उनले यस्ता संवेदनशील विषयमा सबै राजनीतिक दल एकजुट भएर सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको पक्षमा उभिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ९ : ३९ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब