१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु



नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४१ वर्षीय कालु थारू, २६ वर्षका प्रकाश थारू र ३४ वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार टयाङ्की सफा गर्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ ।

कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टीटयाङ्कीमा फसेको अवस्थामा तीनै जनालाई मृतावस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

प्रहरीले जेसिबीको सहायताले सेफ्टीटयाङ्की फुटाए तीनै जनाको शव आज बिहान बाहिर निकालेको थियो । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : १० बजे

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको