१३ श्रावण २०८३, बुधबार | July 29, 2026

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु



भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी श्रीमती अन्दाजी ६५ वर्षीया सनज्योति लिम्बूको मृत्यु भएको छ । आज बिहान करिब ९ः०० बजे भएको उक्त घटनामा उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

बुहारी सविता खड्काले करेन्ट लागेर लडिरहेको अवस्था देखेपछि बिहान करिब ११ः०० बजे प्रहरीचौकी महेशपुरमा खबर गरेका थिए । सूचनाप्राप्त हुनासाथ प्रहरी निरीक्षक विशाल श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीे पुग्दा लिम्बूको मृत्यु भइसकेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच यहाँकोे मेचीनगर नगरपालिका–१० नागरडुब्बा एक घरमा फ्रिजको तार सर्ट भएर आगलागी हुँदा करिब रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज बिहान स्थानीय लाल मोहम्मदको भान्सा कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट फ्रिज, डाइनिङ टेबल, भाँडावर्तन, चामल, मिटर बक्स तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन ।

स्थानीयवासी, नेपाल प्रहरी तथा मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए। प्रहरीका अनुसार आगलागीबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ३ : २५ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन