३० भदौ २०८३, मंगलबार | September 15, 2026

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन्।

सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मङ्गलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा सभामुखले उनीहरुसँग छलफल गरेका हुन् ।

त्यसैगरी, मङ्गलबार नै सभामुखले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए। छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : ०३ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा