२८ भदौ २०८३, आइतबार | September 13, 2026

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु



बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुधबार राति करिब ११ः२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले हालसम्म पहिचान खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको ढाड, छाती तथा दुवै खुट्टामा चोट लागेको थियो । उनको प्रारम्भिक उपचार चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा गरिएको थियो ।

अवस्था गम्भीर भएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रिफर गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान करिब २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ९ : २८ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू