२० भदौ २०८३, शनिबार | September 5, 2026

अनलाईन चित्रकला प्रतियोगिता सम्पन्न



बुटवल, २४ असोज । ईन्टरडिफेन्डेन्स कमिटि नेपाल बुटवलले अन्तर्राष्ट्रिय स्तरिय चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

लकडाउनका बीचमा अनलाईनबाट भएको प्रतियोगितामा विजयी भएका ८ जनालाई ईन्टरडिफेन्डेन्स कमिटिले शनिबार पुरस्कार वितरण गरेको हो ।

नेपाल सहित २० राष्ट्रका विद्यार्थीहरु सहभागि उक्त प्रतियोगितामा अष्टेलिया र अमेरिका ३ सदस्यले निर्णायक गरेका थिए । निर्णायकको अंकका आधारमा नेपालका ८ जना विजयी भएपछि अमेरिका बाट पठाएको पुरस्कार विद्यार्थीहरुलाई वितरण गरिएको कमिटिका अध्यक्ष टुक बहादुर क्षेत्रीले जानकारी दिए ।

विद्यार्थीहरुको कला आर्टको क्षमता प्रदर्शन गर्न कमिटिले हरेक बर्ष नेपालबाट विदेशमा अनलाईन मार्फत आर्ट प्रतियोगितामा विद्यार्थीलाई सहभागि गराउँदै आएको छ ।

पुरस्कार वितरण कार्यक्रममा यस क्षेत्रका कलाकार यम बहादुर थापाले विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले आर्ट कलाकारिता अझै सम्मानित पेशा बन्न नसेको बताए ।

उनले कलाले मान्छेलाई जिवित बनाउने भन्दै कला सम्बन्धी अब विद्यालयमा अध्ययन गराउन जरुरी रहेको बताए । नरेन्द्र शर्माको स्वागत तथा कार्यक्रम संस्थाका सदस्य रजनिश चन्द्र गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ४५ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका