काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । आइतबार सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेसँगै प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले वृद्धि भएर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


















प्रतिक्रिया